काठमाडौं । नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको संयुक्त बैठक आह्वान गरेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार जेन–जी युवाले सरकारविरुद्ध गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएको घटनापछि बैठक बोलाएका हुन् ।
आज बिहान साढे ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने बैठकमा देशको पछिल्लो अवस्था, जेन–जी आन्दोलन र विपक्षी दलका आगामी कार्यक्रमबारे छलफल हुने नेताहरूले बताएका छन् ।
माओवादी केन्द्रको हिजो बसेको पदाधिकारी बैठकले मृतक १९ जनालाई शहीद घोषणा गर्नुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने निर्णय गरेको थियो ।