बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने : नेपाली कांग्रेस

आइतबार, भाद्र २२ २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । काँग्रेसले यसबारे सरकारसँग स्पष्ट धारणा बुझ्ने पनि निर्णय गरेको हो । कांग्रेसले सर्वोच्च अदालतले जारी गरेको परमादेशको अवहेलना नहुने गरी मात्र सरकार अघि बढ्नुपर्ने बैठकमा सहभागी एक नेताले बताए ।

गत बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने मन्त्रीस्तरीय निर्णय गरेको थियो । सो निर्णयपछि आइतबारसम्ममा अधिकांश सामाजिक सञ्जाल सञ्चालनमा अवरोध पुगेका छन् ।