शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सर्वोच्चमा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध रिट

शुक्रबार, भाद्र २० २०८२

काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमा सरकारद्वारा लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट दायर गर्नुभएको हो। अदालतमा हाल उक्त रिट दर्ता प्रक्रियामा रहेको छ।

सरकारले बिहीबारदेखि नेपालमा दर्ता नभएका फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्रामसहित २६ वटा एप्स मा प्रतिबन्ध लगाएको थियो।