काठमाडौं । नेप्से झण्डै २० अंकले घटेको छ । अघिल्लो दिन १२ दशमलव शुन्य तीन अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार १९ दशमलव ८९ अंकले घटेर २७ सय ४१ दशमलव ९७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६९ अंकले घटेर चार सय ७३ दशमलव ६८ अंकमा पुगेको छ । तीन सय २३ वटा कम्पनीहरुको ८९ हजार सात सय ७५ पटकको कारोबारमा एक करोड पाँच लाख ३५ हजार आठ सय ७४ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम चार अर्ब ४३ करोड ८२ लाख ५१ हजार आठ सय १२ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घट्दा नेप्से पुरै रातो देखिएको छ । आज बाँणिज्य बैंक समुहको सुचक सात दशमलव २२ अंकले घटेर १४ सय ४१ दशमलव ४९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३३ दशमलव ९२ अंकले घटेर तीन हजार चार सय ७६ दशमलव ७० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३९ दशमलव शुन्य पाँच अंकले घटेर १२ हजार आठ सय ९१ दशमलव ६० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ८७ दशमलव ९१ अंकले घटेर १२ हजार तीन सय २९ दशमलव शुन्य एक अंकमा पुगेको छ । यसैगरी बिकास बैक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।