शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मनाङ प्रदेशसभा–२ उपनिर्वाचनका लागी दल दर्ता आह्वान

मंगलबार, भाद्र १७ २०८२

काठमाडौं । मनाङ प्रदेशसभा–२ उपनिर्वाचनका लागी दल दर्ता आह्वान गरिएको छ। निर्वाचन आयोगले कात्तिक १७ हुने उपनिर्वाचनका लागी दल दर्ताका लागी आह्वान गरेको हो ।

आयोगका अनुसार उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निवेदन दिनुपर्नेछ। नेपाल संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता प्रक्रियामा सहभागी हुन सकिने आयोगले जनाएको छ।

मनाङ प्रदेशसभा–२ मा निर्वाचित दीपक मनाङे ज्यान मुद्दामा दोषी ठहर भएसँगै उपनिर्वाचन हुन लागेको हो ।