शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

मनाङ प्रदेश सभा क्षेत्र नं २ मा उपनिर्वाचनका लागि दल दर्ता खुल्यो

मंगलबार, भाद्र १७ २०८२

काठमाडौं । निर्वाचन आयोगले मनाङको प्रदेश सभा क्षेत्र नं. २ मा रिक्त रहेको सिटमा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरुलाई दर्ताका लागि आह्वान गरेको छ।

आयोगले जारी सूचनामा भदौ १९ देखि २५ गतेसम्म राजनीतिक दलहरुले दर्ता प्रक्रिया पूरा गर्न सक्ने जानकारी दिएको छ। आयोगका अनुसार, दर्ता प्रक्रिया नेपाल संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम हुनेछ। निवेदन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा तयार गर्नुपर्नेछ।

उक्त प्रदेशसभा सिट हाल रिक्त भएको हो किनभने निर्वाचित प्रतिनिधि दीपक मनाङे ज्यान मुद्दामा दोषी ठहर भएसँगै उपनिर्वाचनको आवश्यकता उत्पन्न भएको हो। उपनिर्वाचन आगामी कात्तिक १७ गते सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ।