काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार १२ दशमलव तीन अंकले बढेर २७ सय ६१ दशमलव ८६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७४ अंकले बढेर चार सय ७६ दशमलव ३८ अंकमा पुगेको छ । तीन सय २६ वटा कम्पनीहरुको ६८ हजार सात सय ७५ पटकको कारोबारमा एक करोड १४ लाख ४० हजार आठ सय ४४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब १० करोड ५७ लाख ४६ हजार छ सय ५७ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा व्यापार र अन्य समुहको सुचक घटेकाछन भने बाँकी समुहहरुको सुचक बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक २१ दशमलव ४१ अंकले बढेर १४ सय ४८ दशमलव ७२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि दुई दशमलव ८१ अंकले बढेर तीन हजार पाँच सय १० दशमलव ६३ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि शुन्य दशमलव ५९ अं्रकले बढेर १२ हजार नौं सय ३० दशमलव ६६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव १९ अंकले बढेर १२ हजार चार सय १६ दशमलव ९३ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज हिमस्टार उर्जा कम्पनीले सबैभन्दा बढी कमाउँदा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।