शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चीन भ्रमणबारे प्रधानमन्त्रीले गराए संसद्लाई जानकारी

शुक्रबार, भाद्र १३ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भोलिबाट हुने चीन भ्रमणबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली भदौ १८ गतेसम्म चीन भ्रमणमा रहनेछन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा सांघाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन्

भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू रहने बताइएको छ ।

आज बसेका मन्त्रिपरिषद् बैठकले चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गरेको हो ।