काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन ५३ दशमलव शुन्य एक अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार ३८ दशमलव १० अंकले घटेर २७ सय ८१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७४ अंकले घटेर चार सय ७७ दशमलव ६८ अंकमा पुगेको छ । आज तीन सय २२ वटा कम्पनीहरुको ७८ हजार तीन सय ७९ पटकको कारोबारमा एक करोड ७८ लाख ९१ हजार नौं सय १७ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम आठ अर्ब नौं करोड ५६ लाख १० हजार चार सय ४५ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा निर्जीवन बीमा समुहको सुचक दुई दशमलव ४४ अंकले बढेर १२ हजार पाँच सय २२ दशमलव १८ अंकमा पुग्दा सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ६५ अंकले घटेर १४ सय ४० दशमलव सात अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५२ दशमलव १८ अंकले घटेर तीन हजार पाँच सय ६० दशमलव २१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय १९ दशमलव ९६ अंकले घटेर १३ हजार ६१ दशमलव ९६ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बिकास हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा ओरन्टल होटल्स लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबिमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।