काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । दोश्रो चरणका आन्दोलनको कार्यक्रम घोषणा गर्दै भाद्र १८ सम्म मागको सकारात्मक सुनवाइ नभए अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका हुन् ।
विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै आन्दोलनरत निजी विद्यालय सञ्चालकहरूको पहिलो चरणको आन्दोलन आज सकिएको छ।
यस्ता छन् दोस्रो चरणका आन्दोलन :
१) मिति २०८२ भाद्र १२ गते विहान ११ बजे हरेक जिल्ला सदरमुकाममा बान्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने। उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई याली हुँदै कोण सभामा परिणत हुने ।
२) मिति २०८२ भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने ।
३) मिति: २०८२ भाद्र १६ गते विहान ११ बजे देशैभरिका स्कूलबसहरूमा कालोझण्डारव्यानर सहित विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गर्ने। काठमाडौं उपत्यकाको हकमा २७ किमी चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमीको गतिमा भव्य याली गर्ने। उक्त यात्रीमा सबै सड़ठनका केन्द्रीयरप्रदेशरजिल्ला र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलज्यूहरूको अनिवार्य उपस्थिति हुनु पर्नेछ ।
४) मिति २०८२ भाद्र १७ गते आगामी कार्यक्रमका लागि बा–आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समिक्षा बैठक गर्ने ।
५) मिति २०८२ भाद्र १८ गते विहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बहुत खबरदारी संभा गर्ने। उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई याली हुदै कोण सभामा परिणत हुने ।
६) मिति २०८२ भाद्र १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने ।