शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

बिहिबार, भाद्र १२ २०८२

काठमाडौं । वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका–१२ बस्ने बागमती गाउँपालिका–५ घर भएका ३१ वर्षीय छबिन्द्र हुमागाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

छबिन्द्रले स्लोभाकिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ३१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।