काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटल बिच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यो सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त ग्राण्डि हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यसैगरी वेलनेस प्याकेजमा विषेश सहुलियत दिने भएको छ ।
कम्पनीका अनुसार यो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।