काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा सुरु भएको छ ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनबारे छलफल भइरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक तथा प्रमुख सचेतक श्याम घिमिरे सहभागी छन् ।
यसअघि हिजो बसेको शीर्ष नेताहरूको बैठकमा पनि समितिको सभापति पदका बारेमा सहमति जुट्न सकेको थिएन । हाल समितिको सभापतिमा दिलेन्द्र बडू, हृदयराम थानी, सरिता प्रसाईँ र अम्बिका बस्नेतका नामहरू चर्चामा रहेका छन् ।
समितिको सभापति निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तय गरिएको छ ।