शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पुराण वाचिका विदुषी राधिका दासीको प्रमुख आतिथ्यतामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

बिहिबार, भाद्र ५ २०८२

काठमाडौ । पूर्वीय दर्शनकी ज्ञाता तथा सफल पुराण वाचिका विदुषी राधिका दासीको प्रमुख आतिथ्यतामा स्वागत तथा सम्मान कार्यक्रम भएको छ।

बानेश्वर बहुमुखी क्याम्पसका कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत, कक्षा १२ का विद्यार्थीलाई सम्मान तथा बिदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता क्याम्पस संचालक समितिका अध्यक्ष हरीबोल भट्टराईले गरेका थिए ।

राधिका दासी क्याम्पसको पुर्ब विद्यार्थी समेत हुन् । उनले करिब १४ वर्ष पहिला उक्त क्याम्पसमा अध्ययन गरेकी थिईन् । करिब १४ बर्ष पछि आफ्नै क्याम्पसमा फर्कनु भएकी दासीले सम्पूर्ण विद्यार्थीहरुसँग भेट्ने अवसर पाउनु भएको थियो साथै विद्यार्थीहरूले पनि उहाँबाट महत्वपूर्ण शिक्षा र प्रेरणा लिएका थिए ।

उक्त अवसरमा क्याम्पसको तर्फबाट राधिका दासीलाई क्याम्पसको तर्फबाट सम्मान गरिएको थियो। क्याम्पस परिवारले उहाँको सफल जीवनयात्राको लागि बधाई तथा आगामी दिनमा अझ उच्च सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरेको छ।

कार्यक्रममा क्याम्पस प्रमुख डा. घमानसिंह खड्का, संस्थापक क्याम्पस प्रमुख केदार न्यौपाने, प्रध्यापक संघका अध्यक्ष सुधिर रिमाल, स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष भुमिराज अधिकारीले मन्तब्य राखेका थिए । कार्यक्रममा प्रध्यापक, कर्मचारी विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।