काठमाडौं । केलियन एमबाप्पेको पेनाल्टीमार्फत् गरेको गोलमा रियल मड्रिडले जित निकालेको छ । मंगलबार भएको रियलको पहिलो खेलमा ओसासुनालाई १-० ले पराजित गरेको हो ।
मिडफिल्डर गन्जालो गार्सियालाई फाउल भएपछि प्राप्त पेनाल्टीमा एमबाप्पे सजिलो गोल गरेका थिए । एमबाप्पे गत सिजन मड्रिडको उच्च गोलकर्ता हुन् ।
यो खेल रियलका नयाँ प्रशिक्षक साबी अलोन्सोको पनि पहिलो आधिकारिक लिग खेल हो । अलोन्सोले नयाँ सिजनका तीन नयाँ डिफेन्डर आल्भारो कार्रेरास, ट्रेन्ट अलेक्ज्यान्डर-आर्नोल्ड र डिन होइसेनलाई पहिलो रोजाइमै राखेका थिए । ओसासुनाका एक खेलाडीले अन्तिम समयमा रातो कार्ड पाए ।