शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बर्षातसँग जुध्दै आन्दोलनमा अखिल क्रान्तिकारी   

उपकुलपति प्रवेश गेटभित्र प्रहरी बाहिर विद्यार्थी

मंगलबार, भाद्र ३ २०८२

काठमाडौं । २८ दिनदेखि माओवादि केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीे आन्दोलनमा छ । त्रिभुवन विश्वविद्यालयको चार विभागमा बढेको शुल्क घटाउनु पर्ने मागसहित आन्दोलमा उत्रेको हो । आन्दोलनकारी १९ दिनसम्म त्रिवि उपकुलपतिको कार्यकक्ष अगाडि धर्ना बसेका थिए । १९ औँ दिनमा प्रहरीसँग झडप भएपछि प्रहरीले आन्दोलनकारीलाई गेटभित्र प्रवेश निशेष गरेको थियो । आन्दोलनकारीले गेटबाहिरै टहरो बनाएर हालसम्म आन्दोलनमा गरीरहेका छन् ।

साउन–भदौ वर्षातको समयमा समेत दिनरात नभनी आन्दोलनकारी धर्ना स्थलमा देखिन्छन् । निरन्तर बर्षाले असहज भएपनि विद्यार्थीको मुद्धा टुङ्गोमा पुर्याउने एक आन्दोलनकारीले जानकारी दिए । उनले भने ‘प्रशासनले आन्दोलनलाई असफल पार्न प्रहरी लगाएर धाक, धम्कि , त्रास दिइरहेको छ । ति सबैलाई वास्था नगरी अविचलित भएर आन्दोलनलाई निष्कर्षमा पुर्याउनेछौँ ।’

त्रिविमा अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । विभागमा गाभिएपछि शुल्क घटाउनु पर्ने माग विद्यार्थीहरूले राखेका हुन् । आन्दोलनरत विद्यार्थीका अनुसार यो चार वटा प्रोग्राम पहिले प्राइभेट थियो ।