काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन नौं दशमलव १६ अंकले बढेको नेप्से आज मंगलबार पनि छ दशमलव ५१ अंकले बढेर २७ सय ७६ दशमलव ९० अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७३ अंकले बढेर चार सय ७७ दशमलव छ अंकमा चढेको छ । तीन सय १६ वटा कम्पनीहरुको ६१ हजार सात सय ८४ पटकको कारोबारमा एक करोड ३१ लाख २४ हजार तीन सय १० कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा १३ वटै समुहहरुको सुचक बढेको छ । आज बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ७७ अंकले बढेर १४ सय ३९ दशमलव ६५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि छ दशमलव तीन अंकले बढेर तीन हजार छ सय १५ दशमलव ३३ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि ३३ दशमलव ३५ अंकले बढेर १३ हजार ५४ दशमलव ६० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि १४ दशमलव ६६ अंकले बढेर १२ हजार चार सय दुई दशमलव ७९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुपिवत्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज सान्भी इर्नर्जी लिमिटेडले सबैभन्दा बढी कमाउँदा नारायणी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।