काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
उक्त शेयर रजिष्ट्रार सेवा अन्तर्गत उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल स्टक एक्सचेन्ज÷सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड मार्फत कारोवार भई आएका शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रारसँग सम्बन्धी सम्पूर्ण कार्यहरु यही भदौ १२ गते बिहीबार देखि एन आई सी एशिया क्यापिटलले गर्ने छ ।