शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

आइतबार, भाद्र १ २०८२

काठमाडौं । मोरङको मिक्लाजुङ गाउँपालिका–३ टाँडी रमितेस्थित सडकमा मे.२ प ९०९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक उर्लाबारी नगरपालिका–४ बस्ने १७  वर्षीय आरब डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिराहाको लहान नगरपालिका–१९ छरापट्टीस्थित सडकमा बीआर ३२ एसी ४१२९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२३ गढीया बस्ने ५५ वर्षीय लखन मोतीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित  सडकमा लु.१ ज ४४६६ नम्बरको बलेरोले लु. १५ प ३४ नम्बरको मोटरसाइकलाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका–४ वाग्ला बस्ने ३१ वर्षीय खुमा भुसालको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको एडमसिटी अस्पतात बुटवलमा उपचार भइरहेको छ । हाल फरार बलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।