शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बागमती सरकारले पायो पुर्णता, कांग्रेसका पाँच मन्त्री नियुक्त

शुक्रबार, साउन ३० २०८२

काठमाडौं । बागमती प्रदेश सरकारले पुर्णता पाएको छ । नेपाली कांग्रेसका पाँच सांसद्लार्ई मन्त्री बनाएसँगै १४ सदस्यीय मन्त्रिपरिषद्ले पुर्णता पाएको हो ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेललाई नियुक्त गरेका हुन्।

बागमती प्रदेशका मुख्यमन्त्री बाँनियाले २० साउनमा आफूसहित ८ मन्त्री नियुक्ति गरेका थिए ।