पछिल्लो एक बर्षमा कमायो झण्डै सात अर्ब रुपैंयाँ खुद मुनाफा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को खुद मुनाफा उच्चरुपमा बढेको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म छ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६४ दशमलव ४३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले चार अर्ब १० करोड ८८ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
बैंकले समिक्षा अवधिमा १४ अर्ब १२ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलनामा छ दशमलव ५४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १५ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २३ दशमलव ९१ प्रतिशतले बढेर दुई अर्ब २० करोड ३२ लाख ३८ हजार रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी शुन्य दशमलव ७३ प्रतिशतले घटेर १७ अर्ब ६४ करोड १९ लाख ३८ हजार रुपैयाँमा सिमित भएको छ । यसैगरी बैंकको बैंकको सञ्चालन नाफा ५८ दशमलव ६६ प्रतिशतले बढेर १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको छ । यसले बैंकको लाभांश क्षमता एक दशमलव ३३ प्रतिशत रहेको देखाउँछ । हाल चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३२ अर्ब ७४ करोड १२ लाख रुपैयाँ रहेको छ । बैंकले चार खर्ब ७२ अर्ब ३४ करोड रूपैयाँ निक्षेप संकलन गरेर तीन खर्ब २६ अर्ब ९३ करोड रूपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७४ दशमलव ४४ प्रतिशत रहेको छ ।