शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्राइम कमर्सियल बैंकको खुद मुनाफा चार अर्ब दुई करोड

शुक्रबार, साउन ३० २०८२

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा चार अर्ब दुई करोड ४४ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको या ेनाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ दशमलव ७२ प्रतिशतले बढी हो । अघिल्लो वर्षमा बैंकको यस्तो नाफा तीन अर्ब ५० करोड ७८ लाख ९४ हजार रुपैंयाँ रहेको थियो ।

गत आवको चौंथो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ११ दशमलव ९२ प्रतिशत बढेर आठ अर्ब ८२ करोड २४ लाख ३४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले सात अर्ब ८८ करोड २७ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी एक दशमलव ७० प्रतिशत बढेर एक अर्ब ७० करोड ८३ लाख १७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३ दशमलव ५५ प्रतिशत बढेर ११ अर्ब १६ करोड ७५ लाख २० हजार रुपैयाँ र सञ्चालन नाफा २३ दशमलव ४३ प्रतिशत बढेर छ अर्ब ५५ करोड ८० लाख १६ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा दुई अर्ब ७८ करोड ८ लाख १९ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १४ दशमलव ३३ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९९ करोड ५३ लाख ३९ हजार रुपैयाँ मात्रै थियो । बैंकको निक्षेप २४ दशमलव ७२ प्रतिशत बढेर दुई खर्ब ६३ अर्ब ३६ करोड ६ लाख ९४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी १६ दशमलव २५ प्रतिशत बढेर दुई खर्ब १० अर्ब ४६ करोड १७ लाख २४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले दुई खर्ब ११ अर्ब १६ करोड २ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८१ अर्ब दुई करोड ९५ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ५२ करोड ३४ लाख ९४ हजार रुपैयाँ छ । पछिल्लो अवधिमा बैंकमा निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६५ प्रतिशतबाट बढेर पाँच दशमलव ५६ प्रतिशत पुगेको छ ।