शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

किशोरीहरूलाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम र सचेतना अभियान

बिहिबार, साउन २९ २०८२

रूपन्देही ।  आर्थिक रूपमा कमजोर किशोरीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले लैङ्गिक हिंसा तथा मानव बेचबिखनविरुद्धको अभियान सञ्चालन हुने भएको छ।

आफन्त नेपालले स्याट्ड बैकको सहयोगमा सिपमूलक तालिम र स्थानीय निकायसँग समन्वय गर्ने उद्देश्यले बैठक सम्पन्न भएको छ।

सिद्धार्थ नगरपालिका उपप्रमुख उमा अधिकारीको उपस्तिथिमा बसेको बैठकले  खुला सीमानालाई प्रयोग गरेर मानव तस्कर हुने गरेको भन्दै यस्तो जोखिम न्यूनीकरण गर्न  सिद्धार्थ नगरपालिका सधै सक्रिय रहने  र स्थानीय निकाय र सरोकारवाला निकाय सग सहकार्य गर्न तयार रहेको बताइन् ।

आफन्त नेपाल संस्थाकी क्षेत्रीय व्यवस्थापक उषा गुरुङले सुर्खेत लगायतका कार्यक्षेत्रमा १४ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरेर तालिमहरू सञ्चालनले  हिंसामा परेका र जोखिममा रहेका किशोरीहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सिपमूलक तालिम प्रभावकारी रहेको बताइन् ।

किशोरीहरूलाई आत्मनिर्भर बनाउनुका साथै लैङ्गिक हिंसा र मानव बेचबिखनविरुद्ध सचेतना फैलाउन आफन्त नेपालले रूपन्देहीमा पनि किशोरीहरूलाई सिलाई, बुनाई, ब्यूटीपार्लर, कृषिजन्य व्यवसायलगायतका सीपहरू सिकाउने र उनीहरूको आर्थिक सशक्तीकरणमा जोड दिने बताइन् ।

यस्ता कार्यक्रमले हिंसाको जोखिम न्यूनीकरण गर्न र किशोरीहरूलाई सम्मानजनक जीवनयापनका लागि सक्षम बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।