काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस–एमाले गठबन्धनको सरकार २०८४ सालको निर्वाचनसम्मै जाने बताएका छन् ।
प्रतिनिधि सभामो बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले प्रतिपक्षी दलहरुले अस्थिरताको पक्षपोषण गर्ने गरेको आरोप समेत लगाए । देश र राजनीतिक स्थिरता लागि नभई व्यक्तिगत लाभका लागि प्रतिपक्षी दलहरुले अस्थिरताको पक्षपोषण गर्ने गरेको उनको भनाइ छ ।
उनले भने, ‘यस्तो अस्थिरताको पक्षपोषण केका लागि हो ? देशका लागि, राजनीतिक स्थिरताका लागि त पक्कै होइन, हुन सक्दैन । अस्थिरताको जतिसुकै चाहना राखेपनि अगामी ०८४ सालको निवाचर्नसम्म यही राजनीतिक समिकरण अगाडि बढ्छ। त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौं ।’
उहाँले वर्तमान व्यवस्थाको रक्षा गर्नको लागि लोकतान्त्रिक पार्टीहरुले भूमिका खेल्नुपर्ने बताए ।