काठमाडौं । बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’को चौथो संस्करणको उपाधि सोनाली राजभण्डारीले जितेकी छिन् । शनिबार राति भएको फिनालेमा कोच मेलिना राई टिमबाट उनले उपाधि जितेकी हुन्।
भोटका आधारमा उपाधि विजेता घोषणा गरिएको थियो । विजेता बनेसँगै सोनालीले १० लाख रूपैयाँ नगद र अन्य पुरस्कार जितेकी छिन्।
‘द भ्वाइस किड्स’ मा यस पटक सत्यराज आचार्य, मिलन नेवार, खेम सेञ्चुरी र मेलिना राई कोच रहेका थिए । उपाधिका लागि हरेक कोचको टिमबाट दुई र दुईजना गरेर आठजनाले फिनालेमा भिडेका थिए ।