बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजदेखि देशभरका सिनेमाघरमा ‘मोहर’ र ‘सिटामोल’ प्रदर्शन

शुक्रबार, साउन २३ २०८२

काठमाडौं । आज (शुक्रबार)देखि देशभरका सिनेमाघरमा दुई नेपाली चलचित्र ‘मोहर’ र ‘सिटामोल’ प्रदर्शनमा आएका छन् । पल शाह, बेनिशा हमाल र नीति शाहको चलचित्र ‘मोहर’ र सौगात मल्ल र बेनिशा हमाल अभिनीत ‘सिटामोल’ आजदेखि प्रदर्शनमा आएका हुन् । ‘मोहर’ सामाजिक–थ्रिलर चलचित्र हो ।

ओम प्रतीकको निर्देशनमा बनेको ‘मोहर’ले देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथा भन्छ । यस्तै ‘सिटामोल’ सामाजिक कथामा बनेको चलचित्र हो । राजबहादुर सानेले निर्देशन गरेको यो चलचित्रले एक पूर्वमाओवादी कमाण्डरलाई केन्द्रमा राखेर कथा बन्छ । दुवै चलचित्रले टिजर, ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाइसकेका छन् । हलमा पनि दर्शकको साथ पाउने अपेक्षा चलचित्र निर्माण टिमको छ ।