मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

४१ अंकले घट्यो नेप्से, लघुवित्त र सामुहिक लगानी कोष बाहेक सबै सुचक रातै

मंगलबार, साउन २० २०८२

काठमाडौं । नेप्से उच्च अंंकले घटेको छ । अघिल्लो दिन १६ दशमलव ६५ अंकले घटेको नेप्से आज मंगलबार पनि ४१ दशमलव ७८ अंकले घटेर २८ सय ३३ दशमलव ५७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ५१ अंकले घटेर चार सय ८८ दशमलव ३९ अंकमा पुगेको छ । तीन सय २५ वटा कम्पनीहरुको एक लाख ३० हजार नौं सय ५३ पटकको कारोबारमा दुई करोड २२ लाख सात हजार एक सय ४२ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम नौं अर्ब ३३ करोड ३९ लाख ८८ हजार चार सय ८१ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा दुई वटा समुहले कमाएपनि बाँकी समुहहरुले भने गुमाएका छन् । सो मध्ये लघुवित्त समुहको सुचक २३ दशमलव ९२ अंकले बढेर पाँच हजार तीन सय ६४ दशमलव ३३ अंकमा पुगेको छ भने सामुहिक लगानी कोष समुहको सुचक पनि शुन्य दशमलव शुन्य तीन अंकले बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने १६ दशमलव ३१ अंकले घटेर १४ सय ८४ दशमलव ९४ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६१ दशमलव ६५ अंकले घटेर तीन हजार छ सय ९६ दशमलव २० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ९३ दशमलव ४५ अंकले घटेर १३ हजार तीन सय ६८ दशमलव २६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ५५ दशमलव ९३ अंकले घटेर १२ हजार सात सय ४९ दशमलव ९० अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा समाज लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।