एक बर्षमा कमायो दुई अर्ब एक करोड रुपैंयाँ खुद मुनाफा
काठमाडौं । माछापुच्छे बैंकको खुद मुनाफा उच्चरुपमा बढेको छ । बैंकले आर्थिक बर्ष २०८१/०८२ मा दुई अर्ब एक करोड १४ लाख ५१ हजार पाँच सय १९ रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा एक अर्ब चार करोड ५१ लाख ९९ हजार एक सय ८७ रुपैयाँ मात्र रहेको थियो ।
हाल चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार दुई सय ७२ रुपैंयाँ रहेको बैंकले आव २०८१/०८२ मा एक खर्ब ८४ अर्ब १७ करोड ६० लाख ४९ हजार नौं सय एक रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ४१ अर्ब ६३ करोड ६८ लाख ५९ हजार चार सय १३ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ७५ करोड ६७ लाख १६ हजार ९४ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब ५८ अर्ब ६४ करोड ६९ लाख नौं हजार एक सय ७० रुपैैयाँ निक्षेप संकलन गरी एक खर्ब २६ अर्ब ७५ करोड ४१ लाख ७४ हजार सात सय ८२ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ९८ करोड ८१ लाख ९२ हजार सात सय ७६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।