शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

मंगलबार, साउन २० २०८२

काठमाडौं । बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन् ।