काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नरहेको स्पष्ट पारेको छ।
माओवादी केन्द्रको सोमबार सम्पन्न स्थायी समिति बैठकले विप्लव समूहसँग पार्टी एकताको प्रक्रिया अघि बढाउने निर्णय गरेपछि विप्लव नेतृत्वले त्यसप्रति असहमति जनाएको हो।
पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले बाहिर चर्चा भएजस्तो नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रिया नटुंगिएको भन्दै हल्लाका भरमा एकता सम्भव नभएको बताए। बरु आफ्नै नेतृत्वमा माओवादी धारलाई समेटेर एकीकृत कम्युनिस्ट आन्दोलन निर्माण गर्ने दिशामा पार्टी अघि बढ्ने उनले बताए ।
उनका अनुसार, “माओवादी धार, क्रान्तिकारी कम्युनिष्टहरू र अन्य समूहहरूसँग एकता र ध्रुवीकरण हाम्रो नीति हो। तर नेकपा माओवादी केन्द्रसँग हाल एकताको सम्भावना टरेको छ, कारण र आधार स्पष्ट नभएसम्म एकता हुन सक्दैन।”