बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से १६ अंकले बढ्दा १० अर्ब ८२ करोडको शेयर किनबेच

सोमबार, साउन १९ २०८२

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन ६३ दशमलव ७३ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार १६ दशमलव ६५ अंक अर्थात शुन्य दशमलव ५८ प्रतिशतले बढेर २८ सय ७५ दशमलव ५५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ८४ प्रतिशतले बढेर चार सय ९४ दशमलव ८७ अंकमा पुगेको छ । तीन सय २५ वटा कम्पनीहरुको एक लाख ४९ हजार दुई सय ७४ पटकको कारोबारमा दुई करोड ७१ लाख ६९ हजार सात सय ५५ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम १० अर्ब ८२ करोड २४ लाख ४९ हजार चार सय दुई रुपैंयाँ कायम भएको छ ।

नेप्सो आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सात वटा समुहहरुको सुचक बढेर बाँकी समुहरुको सुचक घटेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ६२ प्रतिशतले बढेर १५ सय दशमलव ६४ अंकमा पुगेको छ भने व्यापार समुहको सुचक पनि दुई दशमलव नौं प्रतिशतले बढेर ४३ सय ५४ दशमलव २४ अंकमा चढेको छ । जलबिद्युत समुहको सुचक पनि शुन्य दशमलव २१ प्रतिशतले बढेर तीन हजार सात सय ५६ दशमलव ५७ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि शुन्य दशमलव ६७ प्रतिशतले बढेर १३ हजार पाँच सय ८४ दशमलव ५८ अंकमा पुगेको छ । यसैगरी लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने शुन्य दशमलव २७ प्रतिशतले घटेर छ हजार एक सय ६८ दशमलव ४१ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि शुन्य दशमलव ७६ प्रतिशतले घटेर २५ सय सात दशमलव ५६ अंकमा पुगेको छ । निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज सिक्लेस हाईड्रोपावर कम्पनीले बढी कमाउँदा ट्रेड टावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने एक हजार ४५ रुपैंयाँ अन्तिम मुल्यमा ५२ करोड २५ लाख ४१ हजार पाँच सय ३८ रुपैंयाँको शेयर किनबेच भएको छ।