बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, साउन १६ २०८२

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका–६ खहरे बस्ने संखुवासभा चिचिला गाउँपालिका–१ घर भएकी ५१ वर्षीया दुर्गा देवी गुरूङ र काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका–१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०७९ फागुन २३ गतेको फैसलाले उक्त मुद्दामा ३ लाख रूपैयाँ जरिवाना, १ दिन कैद र क्षतिपुर्ती बापत शुल्क १२ हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेकी दुर्गालाई काठमाडौं खहरेबाट बुधबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका महमदलाई काठमाडौं कुलेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।