शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त सम्पन्न

बिहिबार, साउन १५ २०८२

काठमाडौं । कलाकार अर्जुन घिमिरे पाँडेले कथानक फिल्म ‘झरीपछिको इन्द्रेणी’ निर्देशन गर्ने भएका छन् ।

बुधबार यो फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण अनुमति पाएसँगै बिहीवार काठमाडौंको धन्वन्तरी बाराही मन्दिर, ज्वागलमा सिनेमाको शुभमुहूर्त गरिएको हो ।

पशुपति शिवजी इन्टरटेनमेण्ट प्रा.लि.द्वारा प्रश्तुत सिनेमाको निर्देशन हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)ले गर्नेछन् । सुशिल कडरियाले निर्माण गर्ने यो फिल्मको कथा कुमार व्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन् ।

त्यस्तै कलाकारहरुमा रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, प्रियना आचार्य लगायतका कलाकारहरुको अभिनय रहनेछ ।