काठमाडौं । शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले ठगीको ओरापमा सोमबार अग्रवाललाई टोखाबाट पक्राउ गरेको जनाएको छ ।
सामाजिक सञ्जालमा सेयर लगानीकर्तालाई ’मिसलिड’ गर्ने, शेयरको भित्रि कारोबार गर्ने, बढ्नै नपर्ने कम्पनीको शेयर मुल्य कृत्रिमरुपमा बढाउन चलखेल गर्ने लगायतका आरोप उनीबिरुद्ध रहेको छ । पक्राउ परेका अग्रवाल विरुद्ध ठगी र विश्वाघात कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार उनीउपर छ करोड ४० लाख ठगी गरेको अभियोग रहेको छ ।