काठमाडौं । अभिनेता तथा निर्देशक विल्सनविक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने चलचित्र ‘मैझारो’मा अभिनेत्री दीया पुन अनुबन्धित भएकी छन् ।
निर्माण टिमले उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो । यसअघि अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर चलचित्रका लागि अनुबन्ध भइसकेका थिए । अब दीयाको पनि मुख्य भूमिकामा सहभागिता तय भएसँगै चलचित्रका प्रमुख कलाकारहरूको सूची थप विस्तार भएको छ ।
‘मैझारो’ मा धीरज, मिरुना र दियाबाहेक अन्य कलाकारहरूको नाम सार्वजनिक गरिएको छैन । बाँकी कलाकारहरूको टुंगो केही दिनभित्रै लाग्ने निर्माण पक्षको भनाइ छ ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा बन्ने चलचित्र ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित कथामा निर्माण हुने बताइएको छ ।
चलचित्रको छायांकन साउनको पहिलो साताबाट सुरु हुनेछ भने इलाम र पाँचथरका रमणीय स्थानहरूमा छायांकन गरिनेछ ।
जततउकस्ररभजष्mबबिथबतष्mभक।अयmरद्दण्द्दछरण्ठरघछडछण्घर