शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

शेयर बजारमा उछाल, ११ अर्ब ४३ करोडको शेयर किनबेच

आइतबार, असार २९ २०८२

काठमाडौं । नेप्सेमा उछाल आएको छ । राष्ट्र बैंकले शुक्रबार आर्थिक बर्ष २०८२÷०८३ को मौद्रिक नीति सार्वजनिक शेयर धितो कर्जाको सिमा बढाएर २५ करोड रुपैंयाँ कायम गरे संगै नेप्सेमा उछाल आएको छ । सोही कारण मौद्रिक नीति घोषणा पछिको पछिल्लो दिन आईतबार नेप्से २९ अंकले बढेर २७ सय ६० दशमलव ८० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव १६ अंकले बढेर चार सय ८१ दशमलव १९ अंकमा चढेको छ । तीन सय ११ वटा कम्पनीहरुको एक लाख पाँच हजार चार सय १५ पटकको कारोबारमा तीन करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर किनबेच हुँदा आज कारोबार रकम ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार चार सय ६७ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहको सुचक घटे पनि बाँकी समुहहरुको सुचक उच्च अंकले बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४९ दशमलव शुन्य नौं अंकले बढेर १५ सय तीन दशमलव ३१ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ८३ दशमलव ३८ अंकले बढेर पाँच हजार सात सय ३६ दशमलव ६६ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ४६ दशमलव ७४ अंकले बढेर २५ सय ३५ दशमलव ५५ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि तीन दशमलव ५७ अंकले बढेर १३ हजार दुई सय ८० दशमलव ३४ अंकमा पुगेको छ । होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । जलबिद्युत समुहको सुचक भने २९ दशमलव ६२ अंकले घटेर ३५ सय ३४ दशमलव ३२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४३ दशमलव चार अंकले घटेर १२ हजार पाँच सय ४१ दशमलव ४३ अंकमा पुगेको छ । लगानी, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज एनआईसी एशिया बैंकले सबैभन्दा बढी कमाउँदा हिमालयन हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । यसैगरी आज एनआईसी एशिया बैंकको नैं सबैभन्दा बढी रकम कारोबार भएको छ ।