बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकले भने : ‘एन्फा नसुध्रिए म फर्कन्नँ’

मंगलबार, असार २४ २०८२

काठमाडौं । नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा) नसुध्रिए आफू नेपाल नफर्किने बताएका छन् ।

आज कान्तिपुर दैनिकमा उनको एउटा अन्तरवार्ता प्रकाशित भएको छ । सो अन्तर्वार्तामा उनले एन्फा नसुध्रिएको खण्डमा नेपाल नफर्किने चेतावनी दिएका हुन् ।

प्रतियोगितापश्चात् नेपाली टिम स्वदेश फर्किए सकेको छ तर प्रशिक्षक प्याट्रिक भने फर्केका छैनन् ।

अन्तवार्तामा उनले आफूलाई क्यानबाट सहयोग भन्दा पनि दबाब भएको बताउँदै भनेका छन् – ‘के कसैलाई मेरो तलबबारे थाहा छ रु म नेपालमा पैसा कमाउन आएकै होइन । म यहाँ पैसा कमाउन आएको होइन भने किन अरूको दबाबमा रहने रु स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्छ, तबमात्र राम्रो नतिजा निस्कन्छ । कुरा यत्ति नै हो ।’

एन्फाले नेपाली टिमलाई न्यूनतम पूर्वाधार र सुविधाहरूसमेत नदिएको उनको भनाइ छ ।

‘मैले एन्फासँग प्रशिक्षणका लागि चाहिने सामान्य किट्सहरू मागेँ, कुनै जवाफ नै आएन । होटलमै कहिलेकाहीँ आइससम्म हुन्न थ्यो । आइस पनि दिन नसक्ने हुन्छ त ? उनले भनेका छन् ।

खेल भएको दिन, प्राविधिक प्रमुखले मलाई भनेका थिए, ‘धेरै चिन्ता नगर्नु, आफूले सक्दो गर्नु ।’ उनले भने, ‘मलाई यसले केही नराम्रो गरेन, तर खेलाडी स्तब्ध थिए । उनीहरू रुने मनस्थितिमा थिए ।’

बेल्जियमबाटै तपाईंले यी समस्याबारे एन्फासँग कुरा गर्नुहुन्छ की के गर्नु हुन्छ भन्ने प्रश्नमा उनले आफैले सम्पर्क नराख्ने तर यदि कल आएमा मैले उत्तर भने दिने बताएका छन् । उनले भनेका छन्–’म नेपाल फर्कन चाहन्छु, केवल खेलाडीका लागि । मैले खेलाडीलाई सहयोग गर्न सकिनँ भने त्यो समय खेर फाल्नु मात्र हुनेछ । राम्रो खेल्न प्रशिक्षण त चाहिन्छ नै । त्यसका खुसी पनि चाहिन्छ । खेलाडी त खुसीले नाचिरहेका पनि थिए । तर यत्तिले मात्र पुग्दैन । फुटबल नेतृत्वले नै काम गर्नुपर्छ । यदि म फर्कें भने मेरो उद्देश्य हुनेछ, गम्भीर रूपमा ठूलै काम गर्ने र नेपाली महिला फुटबलको स्वरूप परिवर्तन गर्ने ।’

कप्तान नियुक्तिमा पनि विवाद भएको बताउँदै उनले सावित्रा भण्डारीको कप्तानीको प्रशंसा गरे । सावित्रा नेपालले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताए ।

‘गीता राना र सरस्वती हमाल पनि असाध्यै राम्रा छन् । तर जत्तिकै विवाद भए पनि सबै खेलाडीले त्यसलाई बिर्सेर राम्रो खेले । होटलमै कहिलेकाहीं आइससम्म हुन्नथ्यो । आइस पनि दिन नसक्ने हुन्छ त ? म अरूजस्तो प्रशिक्षक होइन, जसले कफी खाएर खेलाडीलाई निर्देशनमात्र दिने गर्छन् । तर म फरक छु । एन्फाले यस्तो गर्नु र उस्तो गर्नु भनेर दबाब दिनु फुटबलका लागि राम्रो होइन ।’ उनले भनेका छन् ।

बेल्जियमका प्याट्रिकलाई गत जेठ २८ गते एन्फाले महिला फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो । प्याट्रिक महिला टिमका पहिलो प्रो लाइसेन्स होल्ड प्रशिक्षक हुन् । ६१ वर्षीय प्याट्रिकसँग एन्फाले एक वर्षको सम्झौता गरेको थियो ।

प्याट्रिकको प्रशिक्षणमा नेपालले हालै महिला एसिया कप छनोट प्रतियोगिता खेलेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि उज्बेकिस्तानविरुद्धको निर्णायक खेलमा टाइब्रेकरमा चुक्दा नेपाल एसिया कपमा छनोट हुन सकेन ।