काठमाडौं । सञ्चालनमा रहेको २० वटा बाँणिज्य बैंकहरुले रियलस्टेट क्षेत्रमा दुई खर्ब ३६ अर्ब ४३ करोड ६० लाख रुपैंयाँ कर्जा प्रवाह गरेको देखिएको छ । नेपाल राष्ट्र बैंैकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो १० महिनाको अवधिमा रियटस्टेटमा मात्र बैंकहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा २३ अर्ब २३ करोड १० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुले रियस्टेट क्षेत्रमा कुल दुई खर्ब १३ अर्ब २० करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार चालु आवको बैशाख मसान्तसम्म नेपाल बैकले रियलस्टेट क्षेत्रमा मात्र कुल १३ अर्ब २२ करोड नौं लाख ६० हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा राष्ट्रिय बाँणिज्य बैंकले रियलस्टेट क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम भने १० अर्ब तीक करोड एक लाख ९० हजार रुपैंयाँ रहेको थियो । नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र स्टान्र्डड चार्टड बैंकले पनि चालु आवको पछिल्लो १० महिनामा रियलस्टेट क्षेत्रमा मात्र क्रमशः २४ अर्ब २४ करोड २५ लाख ३० हजार, २५ अर्ब २१ करोड २२ लाख २० हजार र आठ अर्ब ६० करोड ६५ लाख १० हजार रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा हिमालयन, नेपाल एसबिआई र एभरेष्ट बैंकले भने रियलस्टेट क्षेत्रमा क्रमशः ११ अर्ब ७६ करोड १६ लाख ९० हजार, चार अर्ब दुई करोड ३६ लाख ७० हजार र आठ अर्ब १९ करोड ९२ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । एनआईसी एशिया, माछापुच्छे, कुमारी र लक्ष्मी सनराईज बैंकले पनि चालु आवको पछिल्लो १० महिनाको अवधिमा रियलस्टेट क्षेत्रमा क्रमश : २५ अर्ब ३४ करोड २० लाख, एक अर्ब ६८ करोड ६७ लाख ३० हजार, आठ अर्ब ३१ करोड ७७ लाख ९० हजार र १५ अर्ब ९६ करोड ३२ लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैैंकका अनुसार चालु आवको पछिल्लो १० महिनाको अवधिमा सिद्धार्थ, कृषि बिकास र ग्लोवल आईएमई बैंकले पनि रियलस्टेट क्षेत्रमा क्रमशः चार अर्ब ४० करोड ८२ लाख १० हजार, दुई अर्ब दुई करोड ५० लाख ६० हजार र १८ अर्ब ४८ करोड ८० लाख ५० हजार रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा सिटिजन्स, प्राईम र एनएमबी बैंकले भने रियलस्टेट क्षेत्रमा क्रमशः पाँच अर्ब ८१ लाख ६० हजार, २२ अर्ब ८८ करोड २० लाख ४० हजार र पाँच अर्ब ६१ करोड २१ लाख ६० हजार रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा प्रभु र सानिमा बैंकले भने रियलस्टेट क्षेत्रमा क्रमशः १४ अर्ब ६५ करोड २६ लाख २० हजार र छ अर्ब ६५ करोड २८ लाख ७० हजार रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।
