शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रभा एलुम्नाईको आयोजनामा ‘प्रभाका चम्किला ताराहरु’ पुस्तक लोकार्पण एवं अभिनन्दन कार्यक्रम सम्पन्न

आइतबार, असार २२ २०८२

काठमाडौं । प्रभा एलुम्नाई एसोसिएसनको आयोजनामा ‘प्रभाका चम्किला ताराहरु’  पुस्तक लोकार्पण एवं अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ। विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गरेका ८ जना व्यक्तित्वहरुको जिवनीसहितको उक्त पुस्तक विमोचन गरिएको हो ।

विमोचित पुस्तकमा प्रभा माविमा अध्ययन गरेर विद्यावारिधी हासिल गरेका डा. टंक प्रसाद गौतम, डा. दिलिपकुमार गौतम, डा. रवीन्द्र राज गिरी, डा. नारायण प्रसाद चौलागाई, डा. संग्रामसिंह लामा, डा. खडगमान श्रेष्ठ, डा. नवराज गौतम र डा. ङेमादोर्जे लामाको प्रभा माविमा पढदादेखि विद्याबारिधि गर्दासम्मको पठन संघर्ष र जिवनसंघर्ष समेटिएको छ ।

शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. प्रेम नारायण अर्याल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतम, पूर्वराज्यमन्त्री तथा काभ्रेपलाञ्चोक प्रतिनिधीसभा क्षेत्र नं. १ का सांसद सुर्यमान दोङ, चौरीदेउराली गाँउपालिकाका अध्यक्ष रेणुका चौलागाई लगायतले ‘प्रभाका चम्किला ताराहरु’ पुस्तकको संयुक्त रुपमा विमोचन गरेका गरेका थिए।

कार्यक्रम प्रभा एलुम्नाईका अध्यक्ष गोकुल गौतमको सभापतित्व सम्पन्न भएको थियो । कार्यक्रममा पुस्तकमा समेटिएका ८ व्यक्तित्व सहित प्रभा क्याम्पसका संस्थापक क्याम्पस प्रमुख बलराम कोइराला, पूर्वक्याम्पस प्रमुख चुडाप्रसाद चौलागाई तथा एसएलसी पहिलो व्याजका विद्यार्थी लोकनाथ गौतम र बिजय राज गिरीलाई अभिनन्दन गरिएको थियो।

प्रभा अलुम्नाईका अध्यक्ष गोकुल गौतमले विकट गाँउको स्कुलमा अध्ययन गरेर पनि विभिन्न विषयमा विषयविज्ञता हासिल गरेर राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाउन सफल व्यक्तित्वहरुको संघर्ष र मेहनतबारे आउदो पीढिलाई बुझाउन र प्रेरणा दिन प्रकाशित पुस्तक प्रेरणाको स्रोत हुने बताए । कार्यक्रममा चौरी देउराली गा.पा.का ९ वटै वडाका वडाध्यक्षहरु, पालिका भरिका बिद्यालयका प्र.अ।हरु, पुर्व प्र.अ.एवं शिक्षकहरु, सामाजिक एवं ब्यवसायीक क्षेत्रका बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति  रहेको थियो।

एलुम्नाई एसोसिएसन काभ्रेपलाञ्चोक जिल्ला, चौरीदेउराली गाँउपालिका वडा नं. ६ स्थित प्रभा मा.वि.मा अध्ययन गरेका बिद्यार्थीहरुको साझा संस्था हो ।