शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नौं अंकले बढ्यो नेप्से, चार वटा समुहले गुमाउँदा नौं वटाले कमाए

सोमबार, असार १६ २०८२

काठमाडौं  । नेप्से बढेको छ । अघिल्लो दिन २६ दशमलव ५३ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार नौं दशमलव १९ अंकले बढेर २६ सय ३१ दशमलव ४८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९५ अंकले बढेर चार सय ५० दशमलव ५६ अंकमा पुगेको छ । तीन सय १८ वटा कम्पनीहरुको ६३ हजार तीन सय ७१ पटकको कारोबारमा एक करोड ४१ लाख ७२ हजार पाँच सय ३५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ३८ करोड ७२ लाख सात हजार १५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक घटेर बाँकी नौं वटा समुहहरुको सुचक बढेका छन् । सो मध्ये फाईनान्स समुहको सुचक एक दशमलव ४० अंकले घटेर २३ सय ३१ दशमलव सात अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १० दशमलव १३ अंकले घटेर ३५ सय ६१ दशमलव ४९ अंकमा पुगेको छ । होटल तथा पर्यटन र अन्य उपसमुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने पाँच दशमलव १९ अंकले बढेर १३ सय ६४ दशमलव ६४ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय चार दशमलव २८ अंकले बढेर १२ हजार छ सय ६८ दशमलव ८६ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ७३ दशमलव ४४ अंकले बढेर १२ हजार पाँच दशमलव १३ अंकमा पुगेकोमा बिकास बैंक, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज राप्ती हाईड्रो एण्ड जनरल कन्सट्रक्सन प्रालीले सबैभन्दा बढी कमाउँदा पञ्चकन्यामाई हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । सहास ऊर्जा लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।