काठमाडौं । नेप्से बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से दशमलव ५३ अंकले बढेर २६ सय २२ दशमलव २८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७० अंकले बढेर चार सय ४८ दशमलव ६० अंकमा पुगेको छ । तीन सय २८ वटा कम्पनीहरुको ७४ हजार सात सय ५२ पटकको कारोबारमा एक करोड ६६ लाख ४३ हजार एक सय १४ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम सात अर्ब १२ करोड १७ लाख ३६ हजार एक सय १४ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमुलक समुहको सुचक ३९ दशमलव ४५ अंकले घटेपनि बाँकी १२ वटा समुहहरुको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २६ दशमलव ७५ अंकले बढेर १३ सय ५९ दशमलव ४५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १९ दशमलव ४० अंकले बढेर ३५ सय ७१ दशमलव ६२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय तीन दशमलव चार अंकले बढेर १२ हजार पाँच सय ६४ दशमलव ५९ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५० दशमलव तीन अंकले बढेर ११ हजार नौं सय ३१ दशमलव ६८ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा जोशी हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सहास ऊर्जा लिमिटेड कम्पनी परेको छ ।