शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से पुन घट्यो, झण्डै एक अंकले घट्दा झण्डै छ अर्बको शेयर किनबेच

बुधबार, असार ११ २०८२

काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन शुन्य दशमलव २२ अंकले घटेको नेप्से आज बुधबार पनि शुन्य दशमलव ३३ अंकले घटेर २६ सय दशमलव २० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य पाँच अंकले घटेर चार सय ४५ दशमलव ११ अंकमा पुगेको छ । तीन सय ११ वटा कम्पनीहरुको ६१ हजार आठ सय २४ पटकको कारोबारमा एक करोड ३७ लाख ५९ हजार छ सय चार कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम पाँच अर्ब ९४ करोड २८ लाख ५२ हजार दुई सय ५६ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने घटेको छ । सो मध्ये बिकास बैंक समुहको सुचक एक दशमलव ३३ अंकले बढेर पाँच हजार दुुई सय ४३ दशमलव ९३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २३ दशमलव ७१ अंकले बढेर ३५ सय ४८ दशमलव ३९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि आठ दशमलव शुन्य एक अंकले बढेर १२ हजार पाँच सय चार दशमलव ५१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि १२ दशमलव ४५ अंकले बढेर ११ हजार नौं सय ३० दशमलव ७१ अंकमा पुगेको छ । आज होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक एक दशमलव २९ अंकले घटेर १३ सय ३४ दशमलव २९ अंकमा झरेको छ भने फाईनान्स समुहको सुचक पनि ११ दशमलव ४१ अंकले घटेर २३ सय २७ दशमलव १५ अंकमा झरेको छ । यसैगरी लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज मोदी इर्नर्जी लिमिटेडले सबैभन्दा बढी कमाउँदा जोशी हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । बुटवल पावर कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।