शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेशनल लाईफ इन्स्योरेन्सकी अध्यक्ष सिंहद्धारा सपथ ग्रहण

बुधबार, असार ११ २०८२

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबाट कम्पनीको अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहलाई एक कार्यक्रमको बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को ब्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । कम्पनीको मिति २०८२/०३/०५ मा भएको ३७ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई श्रीमती सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी हुन ।

नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष श्रीमती सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरियो । श्रीमती सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणको अध्यक्षलाई आफ्नो र संचालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गरिन । उक्त समारोहमा नेपाल बीमा प्राधिकरणवाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फवाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको थियो ।