शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से राताम्मै, ३२ अंकले घट्दा नौं अर्ब १४ करोडको कारोबार

आइतबार, असार ८ २०८२

काठमाडौं । नेप्से घटेर राताम्मै भएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ३२ दशमलव ९३ अंकले घटेर २५ सय ९५ दशमलव ९७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३८ अंकले घटेर चार सय ४४ दशमलव १० अंकमा पुगेको छ । तीन सय १० वटा कम्पनीहरुको ८७ हजार तीन सय दुई पटकको कारोबारमा दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम नौं अर्ब १४ करोड ५८ लाख ५८ हजार पाँच सय १० रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहको सुचक घटेर नेप्से राताम्मै भएको छ । सो मध्ये बाँणिज्य बैैंक समुहको सुचक ११ दशमलव ४९ अंकले घटेर १३ सय २७ दशमलव ६० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय दशमलव ९७ अंकले घटेर ३५ सय २५ दशमलव ७० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३५ दशमलव २३ अंकले घटेर १२ हजार पाँच सय ६१ दशमलव ४९ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५८ दशमलव ३४ अंकले घटेर ११ हजार नौं सय ८३ दशमलव ७४ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज जोशी हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा पियोर इर्नर्जी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । दोर्दी खोला जलबिद्युत कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।