काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले बिहिबार अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले अध्यक्ष सिंकले समिक्षा वर्ष २०८०/८१ मा अर्थतन्त्र चुनौतीपुर्ण रहेको उल्लेख गरिन । कोभिड महामारीको दीर्घकालिन प्रभाव, भू–राजनितिक संघर्ष एवं प्रतिफूल मौसमको कारणले आपूर्ती श्रृंखलामा अवरोध उत्पन्न भई खाद्यान्न, उर्जा र अन्य वस्तुहरुमा मूल्य वृद्धि भएको एवं देश भरमा सहकारीमा परेको समस्या, घर जग्गा कारोबारमा छाएको मन्दी एवं वस्तु तथा सेवाको मागमा ह्रास आएको कारणले समग्र अर्थ ब्यवस्था प्रभावित भएकोमा हाल अर्थतन्त्र सुस्त गतिमा रहेको भएतापनि वाह्य सूचकांकहरु सकारात्मक रहेका र आन्तरिक आर्थिक अवस्थामा केही समय पश्चात सुधार आउने अपेक्षा उनले गरिन ।
बार्षिक साधारण सभा मार्फत कम्पनीले आ.व.२०८०/०८१ मा कम्पनीको ब्यवसाय सन्तोषनजनक रहेको जनाएको छ । कम्पनीको कूल बीमाशुल्क २१ दशमलव ९० प्रतिशतले बृद्धि भई रु.२०४९.१२ करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा रु.१३६८.१८ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा २१ दशमलव ७० प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.७९६०.१८ करोड पुगेको छ । यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीमा रु. ८३२.८२ करोड दावी भुक्तानी गरेको छ । कूल लगानी १७ दशमलव ३५ प्रतिशतले बृद्धि भई रु.७०१५.४६ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०८०÷०८१ मा सो दर नौं दशमलव१७ प्रतिशत कायम रहेको छ ।
कम्पनीले आफ्ना सबै लगानी योग्य रकमहरु श्री नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्र भित्र रहेर पारदर्शीता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालिन लगानीका औजारहरुमा लगानी गर्दै आएको र यसबाट बीमितहरुको अधिकतम् हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको छ । कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरुमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा ब्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको छ । यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्ज स्थित भवन निर्माण कार्य सम्पन्न भई संचालनमा आइसकेको छ । कम्पनीले आफ्नो ईटहरी शाखाको लागि आफ्नो स्वांमित्वमा रहेको जग्गामा नयां आधुनिक ब्यापारिक भवन निर्माण प्रकृया पनि अगी बढाएको छ । कम्पनीलाई प्रविधि मैत्री बनाउन यथा शक्य लगानी भैरहेको छ । यसैगरी कम्पनीमा कर्मचारीहरुलाई प्रशिक्षित गर्न आवश्यक प्राविधिक तालिम प्रदान गर्नमा कम्पनी केन्दि«त रहेको छ ।
कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको एक प्रतिशत बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत कम्पनीले विशेष गरी स्वास्थय र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै सन्दर्भमा समिक्षा वर्षमा कम्पनीले केटाकेटीको स्वास्थ्य उपचार सम्बन्धि परियोजनाको लागि काठमाडौं इन्ष्टिच्युट अफ चाईल्ड हेल्थ संस्थालाई रु. २५ लाखको आर्थिक सहयोग समेत प्रदान गरेको छ ।
सभाले आ.व. २०८०÷०८१ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी पाँच अर्ब २१ करोड ३३ लाख रुपैंयाँ मध्येबाट १० प्रतिशतका दरले हुन आउने ५२ करोड १२ लाख १३ हजार तीन सय आठ रुपैंयाँ बराबरको नगद लाभाँश र पाँच प्रतिशतका दरले हुन आउने २६ करोड छ लाख छ हजार छ सय ५४ रुपैंयाँ बराबरको बोनस शेयर बितरण गर्नै प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी पाँच अर्ब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पूँजी मा पाँच प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी पाँच अर्ब ४७ करोड २७ लाख ३९ हजार सात सय ३६ रुपैंयाँ पुगेको छ ।
कम्पनीको ३३ वौं वार्षिक साधारण सभाबाट निर्वाचित संचालकहरुको पदाविधी समाप्त भई ३७ वौं वार्षिक साधारण सभाबाट संस्थापक सदस्यहरुको तर्फबाट तीन जना संचालकहरु श्रीमति प्रेमा राज्य लक्ष्मी सिहं, रथी पवन बहादुर पाँडे (अ.प्रा) र कुशल मल्ली साथै सर्वसाधारण समूह तर्फबाट दुई जना संचालकहरु कुलदीप शरण सिंह र श्रीमति भवानी राणालाई संचालक समितिमा निर्विरोध निर्वाचन गरेको छ ।