शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से राताम्मै, २४ अंकले घट्दा ११ अर्ब २३ करोडको कारोबार

बिहिबार, असार ५ २०८२

काठमाडौं । नेप्से घटेर राताम्मै देखिएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार २४ दशमलव ७६ अंकले घटेर २६ सय २८ दशमलव ९१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य एक अंकले घटेर चार सय ४९ दशमलव ४८ अंकमा पुगेको छ । तीन सय १४ वटा कम्पनीहरुको एक लाख २१ हजार पाँच सय ५१ पटकको कारोबारमा दुई करोड ९४ लाख १५ हजार चार सय सात कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम ११ अर्ब २३ करोड २४ लाख ८९ हजार नौ सय ६४ रुपैंयाँ ८० पैसा कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ७६ अंकले घटेर १३ सय ३९ दशमलव १० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४९ दशमलव ५७ अंकले घटेर ३६ सय २६ दशमलव ४७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव ५४ अंकले घटेर १२ हजार छ सय ९६ दशमलव ७२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४१ दशमलव ५५ अंकले घटेर १२ हजार ४२ दशमलव आठ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज पञ्चकन्यामाई हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाएको छ भने पियोर इर्नर्जी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।