शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रधानमन्त्रीसँगको भेटपछि आजदेखि सुन पसल खुल्ने

बुधबार, असार ४ २०८२

काठमाडौं । एक हप्तादेखि बन्द रहेका सुनचाँदी पसल आजदेखि खुल्ने भएका छन्।

सुनचाँदी कारोबारमा लागिएको दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै बन्द गरेका व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मंगलबार भेट गरेका थिए । भेटपछि व्यवसायीले यस्तो निर्णय गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल रत्न तथा आभूषण संघका अध्यक्षसहितको टोलीले मंगलबार प्रधानमन्त्रीलाई भेटेर कर व्यवस्थाबाट उत्पन्न समस्याबारे जानकारी गराएको थियो।

प्रधानमन्त्रीले संवादमार्फत समस्या समाधान गर्ने भनाइपछि व्यवसायीले पसल पुनः खोल्ने निर्णय गरेका हुन्।