बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा तीन अंंकले गिरावट, तीन वटा समुहले कमाउँदा १० वटाले गुमाए

मंगलबार, असार ३ २०८२

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन दुई दशमलव ८० अंकले बढेको नेप्से आज मंगलबार तीन दशमलव ९० अंकले घटेर २६ सय ५४ दशमलव ७५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६७ अंकले घटेर चार सय ५२ दशमलव ४८ अंकमा पुगेको छ । तीन सय छ वटा कम्पनीहरुको ७० हजार ७७ पटकको कारोबारमा एक करोड ६४ लाख सात सय ७५ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ६५ करोड ३२ लाख ४९ हजार तीन सय १२ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये जलबिद्युत समुहको सुचक नौं दशमलव ८५ अंकले बढेर तीन हजार छ सय ४९ बिन्दुमा पुगेकोमा लघुवित्त र व्यापार समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने छ दशमलव १२ अंकले घटेर १३ सय ४७ दशमलव ४९ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ११ दशमलव २६ अंकले घटेर ५४ सय ४५ दशमलव ४८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६१ दशमलव ३० अंकले घटेर १२ हजार सात सय ३० दशमलव ७० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३० दशमलव ५१ अंकले घटेर १२ हजार एक सय ५९ दशमलव ५३ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक घटेका छन् ।

नेप्सेमा आज पियोर इर्नर्जी लिमिटेडले सबैभन्दा बढी कमाउँदा गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी गुमाएको छ । सानिमामाई हाईड्रोपावर कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।