शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दोस्रो खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

मंगलबार, असार ३ २०८२

काठमाडौं । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तर्गत आज घरेलु टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

ग्लासगोस्थित टिटवुड मैदानमा हुने खेल नेपाली समयअनुसार मंगलबार राति ७:४५ बजे सुरु हुनेछ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराउँदै स्कटल्यान्ड आत्मविश्वासका साथ दोस्रो जितको खोजीमा हुनेछ।

त्यसोतर्फ, पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरसम्म संघर्ष गरे पनि हार बेहोरेको नेपालका लागि यो खेल पहिलो जित निकाल्ने अवसर हुनेछ।

आईसीसी विश्वकप लिग २ को समापनपछि आयोजित त्रिकोणात्मक सिरिजमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।