झण्डै तीन अंकले बढ्दा १३ अर्ब १८ करोडको शेयर कारोबार
काठमाडौं । नेप्से सुचक तथा कारोबार रकम दुबै बढेको छ । अघिल्लो दिन शुन्य दशमलव ४७ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार दुई दशमलव ८० अंकले बढेर २६ सय ५८ दशमलव ६६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २५ अंकले घटेर चार सय ५३ दशमलव १६ अंकमा खुम्चिएको छ । तीन सय १८ वटा कम्पनीहरुको एक लाख पाँच हजार छ सय ३५ पटकको कारोबारमा तीन करोड ३६ लाख ३७ हजार नौं सय ६६ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार सात सय ४२ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ५७ अंकले बढेर १३ सय ५३ दशमलव ६१ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि १५ दशमलव ८६ अंकले बढेर ५४ सय ५६ दशमलव ७५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि १५ दशमलव ५७ अंकले बढेर १२ हजार सात सय ९२ दशमलव शुन्य एक अंकमा पुगेको छ भने निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । फाईनान्स समुहको सुचक भने २९ दशमलव ९६ अंकले घटेर २४ सय १० दशमलव २० अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ३७ अंकले घटेर ३६ सय ३९ दशमलव १४ अंकमा पुगेको छ । यसैगरी लगानी, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज पियोर इर्नर्जी लिमिटेडले सबैभन्दा बढी कमाउँदा अपर हेवाखोला हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । सानिमामाई हाईड्रोपावर कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।